Monday, June 27, 2016

अग्रगामी बन्न सकौं !

basant shrestha

 

 

 

 

 

 

आँ गर्दा अलंकार बुझ्ने अति चतुर हामी

जुँगा चल्दा कुरा बुझ्ने अति बुझक्की हामी

हल्ला र “रे” को भरमा निर्णय गर्ने हामी

सत्य र तथ्यको अंकगणित नगर्ने हामी

आदेश, उपदेश र गाली क्षणमै दिने हामी

सम्मान र ताली निमेषमै दिने हामी

के हामी सोच्न नसक्ने भएका हौँ र ?

 

गैर नाफा संस्था बाट नाफा खोज्ने हामी

कुनै ज्ञान बिना ज्ञानी बन्न सक्ने हामी

अध्ययन बिना नै ज्ञान बाड्न सक्ने हामी

भ्रष्टाचारी बनेर इमान्दारीताको ब्याख्या गर्ने हामी

कसैले नगरे आफ्नै संस्था बाट पुरस्कृत बन्ने हामी

अल्पज्ञानले नै बुद्धको झैं आसिर्बचन दिन खोज्ने हामी

श्रोता नभए पनि ठुल ठुला भाषण ठोक्ने हामी

के हामी अल्पज्ञानी बनेका हौँ ?

 

के हामी फगत अहंको भण्डार हौ ?

के हामी फगत हल्लाका कृषक हौँ ?

सिन्को नभाच्ने अरुको खोट देख्ने हामी

निर्माण र बिनासमा फरक नदेख्ने हामी

योजना र कार्यान्वयनमा भेद नबुझ्ने हामी

पहिलो हुने दौडमा हल्ला बोल्ने हामी

निर्माण नगरी बिनिर्माण गर्ने हामी

हल्ला गर्दै समस्या बल्झाउने हामी

उपदेश र आदेशमात्र दिन सक्ने हामी

राष्ट्रबादको नाममा खोक्रोबाद बोक्ने हामी

के हामी बिना सोचका व्यक्ति मात्र हौँ ?

 

राष्ट्रियताको नाममा अराष्ट्रिय बन्ने हामी

स्वाधिनताको नारा लाउदै पराधीनता स्वीकार्ने हामी

स्वतन्त्र स्वबलंबन खोज्दै परतन्त्र स्वीकार्ने हामी

प्रबासमा पनि पुरानै ब्यबहार र ब्यबश्थामा चल्ने हामी

 

खै कहिले बुझ्ने होला हामीले

कहिले गम्भीर बन्ने होला हामीले

आऊ गल्तीलाई सुधारौं अब

 

आफ्नो कमजोडी स्विकारौं अनि दासता नकारौं

नया निर्माणको लागि संरचना बनाऔं

नक्कली बैशाखी लिएर होइन आफै हिड्न सकौं

जहाँ रहे पनि आफ्नो अस्तित्वको रक्षा गर्न सिकौं

पराधीनता होइन स्वतन्त्रता लाई रोजौं

अस्तित्व रक्षा गर्न अग्रगामी बन्न सकौं !!!!

 

 

 

 

 

 

 

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...