Friday, June 24, 2016

सङ्क्रमितले सात महिलाले स्वस्थ्य बच्चा जन्माए

Lumbini-Hospitalरुपन्देही (तिलोत्तमा), ११ असार । लुम्बिनी अञ्चल अस्पतालमा बुटवलमा एचआइभी सङ्क्रमित सात महिलाले स्वस्थ्य बच्चा जन्माएका छन् ।

अञ्चल अस्पताल बुटवलका मेडिकल विभाग प्रमुख विकास देवकोटाले दुई वर्षको अवधिमा नियमित औषधि सेवन गरेका गर्भवती महिलाले एचआइभी सङ्क्रमित नभएका सात जना बच्चा जन्माएको बताउनुभयो ।

उहाँले औषधि सेवन गरेका एचआइभी सङ्क्रमितले एआरभी सेवन गरेपछि रोग सर्न सक्ने सम्भावना चार प्रतिशत मात्र रहने भन्दै सङ्क्रमितले बच्चा जन्माउन चाहेमा आमाबाट बच्चामा रोग सर्न नदिने औषधि सेवन गराई सुरक्षितरुपमा बच्चा जन्माउन सकिने बताउनुभयो ।

अस्पतालमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले परामर्शको आधारमा यहाँबाट नियमित एचआइभी एड्सको औधषि सेवन गरेका महिलाले एचआइभी नलागेका बच्चा जन्माउने गरेका हुन् ।

एएच नेपालले लुम्बिनी अञ्चल अस्पतालमा नेपाल सरकारसँग सहकार्य गरी एचआइभी सङ्क्रमितलाई सेवा दिने गरेको छ । उक्त सेवाअन्तर्गत ती बच्चा जन्माइएको हो । सोही कार्यक्रमअन्तर्गत अञ्चल अस्पताल बुटवलमा अहिलेसम्म ८४२ जनाले औषधि सेवन गरेको तथ्याङ्क छ । त्यसमा ३०० बाहिर गएको र १६० जनाको मृत्यु भएको कार्यक्रममा एआरटी संयोजक धर्मराज भट्टराईले बताउनुभयो ।

उक्त संस्थाले देशका पाँच स्थानमा सेवा प्रदान गर्दै आएको छ । उक्त अस्पतालमा रुपन्देही, कपिलवस्तु, पाल्पा जिल्लामा एचआइभी सङ्क्रमित समेत नियमित औधषि सेवन तथा हेरचाह गर्ने व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...