Monday, June 6, 2016

यो सरकारमा काँग्रेस सहभागी हुँदैन : डा कोइराला

Congress-flag

तिलोत्तमा (रुपन्देही), २४ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिलेको सरकारमा नेपाली काँग्रेस सहभागी नहुने बताउनुभएको छ ।

नेपाल प्रजान्त्र सेनानी सङ्घ रुपन्देहीले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले लोकतन्त्रको सामान्य सिद्धान्तअनुसार पनि दुवै ठूला दल सरकारमा जान हुँदैन भन्नुभयो ।

डा कोइरालाले भन्नुभयो, “केही साथीहरुले यही सरकारमा जाने कुरा उठाउनुभएको छ, यो हुन सक्दैन । सरकार कि एमालेले चलाउनुपर्छ कि काँग्रेसले चलाउने हो ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...