Thursday, June 9, 2016

‘सहमतीय सरकार नबन्दासम्म ओलीको विकल्प खोजिन्न

Agni_Sapkota-650x327काठमाडौं, २७ जेठ । वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले भूकम्प पीडितलाई घर बनाउन सरकारले ९० प्रतिशत छुटमा असारभित्र काठ वितरण प्रक्रिया सुरू भएको बताएका छन् ।

काठमाडौंमा बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री सापकोटाले भूकम्प पीडितलाई वर्षाबाट जोगाउनका लागि पनि असारभित्र घर बनाउने प्रवन्ध मिलाउन लागिपरेको बताएका हुन् ।

उनले भने, ‘वर्षा सुरु भयो, तर भूकम्प पीडित खुल्ला आकाशमा बसिरहेका छन्, उहाँहरूलाई छानोमा सार्नेगरी सरकारले सम्पूर्ण बन्दोवस्त मिलाएको छ, त्यसको लागि सरकारले काठ वितरण कार्य सुरु गरिसक्यो, अब काठकै कारणले घर बनाउने काममा कुनै बाधा आउँदैन, सरकारले जनताले मागेजति काठ दिन तयार छ ।’

सहमतीय सरकार बन्ने वातावरण भए मात्रै आफ्नो पार्टीका अध्यक्षले नेतृत्व गर्ने स्पष्ट पारिसकेकोले सहमतिय सरकार गठन नभएसम्म केपी ओली नेतृत्वकै सरकार रहने मन्त्री सापकोटाको दाबी थियो । उनले भने, ‘कांग्रेस, एमाले र माओवादीवीच सहमतिको सरकार बनाउने विषयमा पहल भैरहेको छ, अहिले नै सरकार कसको नेतृत्वमा बन्छ भन्नु उपर्युक्त हुँदैन् ।’

मन्त्री सापकोटाले संविधान कार्यान्वय र संविधान पछिको मुलुकको कार्यव्यवस्थालाई रुपान्तरण गर्नको लागि पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको धारणा राखे ।

उनले भने, ‘प्रमुख राजनीतिक दलहरूवीच एकता भए संविधान कार्यान्वयन गर्न सजिलो हुन्छ, त्यसैले हामीले राष्ट्रिय सहमतिको कुरा गरेका हौं ।’ यद्धपि उनले आफ्नो पार्टी बहुमतीय सरकार बनाउने खेलमा नरहेको दाबी गरे ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...