Thursday, June 23, 2016

डिसीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

IMG_1377

नेपाल अमेरिका पत्रकार संघको आयोजना वाशिंगटन डिसी महानगर क्षेत्रको भर्जिनियामा हाल अमेरिकाको भ्रमणमा रहनु भएका मधुपर्क पुर्व सम्पादक कपिल घिमिरे तथा स्वतन्त्र संचारकर्मी केदार शर्मा संग भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ l

उक्त अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका उपसभापति गुणराज लुइँटेल ,संस्थापक अध्यक्ष गिरिश पोखरेल तथा डिसीका क्षेत्रीय संयोजक बिष्णु शितल तथा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने संचारकर्मी तथा नेपाली समुदायको बिशेष उपस्थिति रहेको थियो l

IMG_1393

डिसीका क्षेत्रीय संयोजक बिष्णु शितलले कार्यक्रमको बारेमा जानकारी दिदै भेटघाट कार्यक्रमको उदेश्य र नेजाले बिगतमा यस्ता भेटघाट कार्यक्रम गर्ने गरेको उल्लेख गरेका थिए l

कार्यक्रमको सुरुवात परिचयबाट सुरु हुदै सहभागीहरुले आफ्नो परिचय दिदै आफ्ना विचार राखेका थिए l यस्तै आफ्नै परिचय तथा पत्रकारिताको बारेमा जानकारी दिने क्रममा साहित्यकार कृष्ण धरावासीले अमेरिका आएको ३ महिना भएको जानकारी गराउदै आफ्नो दोश्रो उपन्यास दलाल मार्फत कसरि अमेरिका आउछन भन्ने बिषयमा उपन्यास लेखि रहेको बताउनु भयो l

IMG_1418

धरावासी ले २०४० देखि पत्रकारमा होमिएको जानकारी दिदै आफुले स्तम्भकार भै लेख्ने गरेको ,र घटना र विचारको कार्यक्रममा पैसा कमाएको चर्चा गर्नु भयो l पत्रकारिता आफ्नो पेसा नभएको र पूर्ण रुपमा लेखनमा रहेको बताउनु भयो l

यस्तै गरि नेपाल अमेरिका पत्रकार संघका उपसभापति गुणराज लुइँटेलले आफ्नो परिचय दिदै पत्रकारिता पेशाका अनुभव तथा नेजाले गरेका केहि उपलब्धिहरु र भावी कार्यक्रम बारेमा प्रकाश पारेका थिए l

IMG_1427

नेपाल अमेरिका पत्रकार संघ(नेजा )ले स्थापना कला देखि नै नेपाल लगायत अन्य मुलुकबाट आएका पत्रकारहरुसंग भेटघाट कार्यक्रम गर्दै आएको छ l स्वतन्त्र संचारकर्मी केदार शर्माले भ्रमण बाट फर्के पछि कहिले लेख्ने गरेको बताउनु भयो l मन्तब्य दिने क्रममा शर्माले जसले नेपाली आफुलाई ठान्दछ र मान्दछन ,त्यो नेपाली नै हो भनि विचार राख्नु भयो l

IMG_1423

शर्माले अगाडी मन्तब्य राख्दै अहिलेको संबिधानको केहि कुरामा आफ्नो पनि सहमत नभएको भन्नु भयो l अमेरिकामा सबै नेपालीहरुको स्वास्थ्य कि स्थिति राम्रो देखेको बताउनु भयो l र नेपालीहरुका छोराछोरी राम्रो पढ्ने देखेको भन्नु भयो l उनीहरुको भबिस्य राम्रो देखेको बताउनु भयो l वहाले अमेरिकाबाट लेखिएका लेखनमा त्यति शक्ति र त्यसमा त्यति दम आफुले नदेखेको बताउनु भयो l

आफुलाई जे कुराले चिमोट्छ त्यो लेख्नु पर्नु भन्नु भयो l पत्रकरितामा निस्पक्ष हुनै पर्छ l लेखनले मात्र जीवनवृति नेपालमा केहिको मात्रको सफल हुन् सकेको बताउनु भयो l पत्रकारिता चलाउन बिज्ञापन प्राप्त भएन भने ठुलो आर्थिक भार हुने बताउनु भयो l

IMG_1377

वहाले विदेशमा बसेका संचारकर्मीलाई केहि मूल मन्त्र दिने क्रममा लेखन कलामा लाग्नेले लेखनलाई तिखार्नु पर्ने र लेखनमा साधना गर्नु पर्ने हुन्छ भन्नु भयो l

मधुपर्कका पुर्व सम्पादक कपिल घिमिरेले मन्तब्य व्यक्त गर्दै गोरखापत्रमा ११ बर्ष काम गरेको बताउनु भयो l वहाले केहि समय गोरखापत्रमा महाप्रबन्धक भएर पनि काम गरेको बताउदै अमेरिकामा नेपाली पत्रकारहरुले चलाएको पत्रिकाको आकृति र आवरण राम्रो लागेको बताउनु भयो l तर त्यसका सामग्री तथा लेखन शैलीमा त्यति सन्तोषजनक आफुलाई नलागेको बताउनु भयो l

घिमिरेले अमेरिकामा यति गर्नु भनेको पनि ठुलो कुरा भन्दै अमेरिकामा बसेका नेपालीले नेपालका नेता तथा अन्यलाई गालि गरेको आफुलाई राम्रो नलाग्ने बताउनु भयो l अमेरिकामा बसेर नेपाल र नेतालाई गालि गर्ने अतिबादी सोच राख्नु नहुने बताउनु भयो l

IMG_1380

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...