काठमाडौं, २६ जेठ । सरकारले उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को चीन भ्रमणको प्रस्तावलाई स्वीकृत गरेको छ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्ध गरेको सरकारले उपराष्ट्रपति पुनको चीन भ्रमण भने स्वीकृत गरेको हो । उपराष्ट्रपति पुनलाई भ्रमणका लासग चीनबाट निम्तो आएको थियो ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ २८ देखि असार २ गतेसम्मको चीन भ्रमण तालिका स्वीकृत गरेको हो । उपराष्ट्रपतिको यो पहिलो भ्रमण हो ।
दुई सचिवको सरुवा
बैठकले दुई जना सचिवको सरुवा पनि गरेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेका अनुसार सिंचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि र विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिंचाइ मन्त्रालयमा सरुवा गरिएको हो ।
No comments:
Post a Comment