एनआरएनए ९ औं क्षेत्रीय सम्मेलनबारे अमेरिकाको न्यूयोर्क, थकाली किचेन , ज्याक्सन हाइटमा, ५ जुन २०१६ आइतबार स्थानिय पत्रकारहरुसंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए ९ औं क्षेत्रीय सम्मेलनबारे जानकारी गराउने उद्धेश्यले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष भोला आचार्य तथा अरु एक दर्जन भन्दा धेरै पत्रकार र स्थानिय एनआरएनएहरुको समेत उपस्थिति थियो।
एनआरएन अमेरिकाका महासचिव स्वयमले मोडरेट गर्नु भएको सो कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद, द अमेरिकाजका लागि क्षेत्रीय संयोजक सोनाम लामा तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष डा केशब पौडेलले कार्यक्रमबारे जानकारी र प्रश्नहरुको जवाफ दिनुभएको थियो।
प्रेसनोट
१. एनआरएनए ९ औं क्षेत्रीय सम्मेलनबारे :
गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदकाले हरेक दुइ-दुइ बर्षमा क्षेत्रीय सम्मेलनको आयोजना गर्ने गर्दछ । हाल सम्म बिश्वका विभिन्न देशहरुमा गरि ८ वटा सम्मेलन सम्पन्न भैसकेका छन् भने यो ९ औं सम्मेलन हो । सौभाग्यबस यो ९ औं सम्मेलनको आयोजक हाम्रो भागमा परेको छ । यसलाई सफल गरेर बिश्वका सम्पूर्ण नेपालीहरुका लागि सकारात्कम संदेश दिनु मात्र हैन संस्थागत रुपमा नयाँ परिवर्तन गर्नको लागि मार्ग-निर्देशन गर्नु पनि अर्को जिम्मेवारी भएको छ।
२. सम्मेलन हुने मीति र स्थान
आगमी अगष्ट महिनाको २७ र २८, २०१६ अमेरिकाकोको न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा यो सम्मेलन हुने भएको छ । होटलको जानाकरी
DoubleTree by Hilton Hotel Newark Airport
128 Frontage Road, Newark, New Jersey, 07114, USA
TEL: +1-973-690-5500 FAX: +1-973-465-7195
३. मूल नारा
सम्मेलनको प्रमूख नारा “NRNA VISION 2020 & BEYOND” चयन गरिएको छ । गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेले धेरै पटक आफ्ना भनाइहरुमा अबको एनआरएन संस्था भनेको अलिक फरक रुपले जानु पर्ने कुरा राख्दै आउनु भएको छ । उहाँले आउने पुस्तालाई समेटेर उनीहरुको भलाइ अनि सकृय सहभागीता रहनु पर्ने कुरा एकातिर छ भने अर्को तिर हाम्रो नेपाली जनसंख्या पनि हरेक देशमा बढेर गएको छ, गर्नु पर्ने धेरै काम धेरै छन्, धेरै चुनौतीहरु छन् र ति सबै सम्पन्न गर्नको लागि अबको संस्थाको भिजन देखि संस्थाको संरचना पनि परिवर्तन गर्नु पर्ने कुरा राख्नु भएको हो । तेही सो सोच र आवश्यकतालाई नयाँ ढंगले लैजान यो नारा तय गरिएको हो ।
४. सम्मेलनको तयारी
सम्मेलनको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नको लागि, गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका, द अमेरिकाजका लागि क्षेत्रीय संयोजक सोनाम लामाको संयोजक्त्वमा ९ सदस्य आयोजक कमिटी (Executive Committee) र २० वटा अरु विभिन्न कमिटीहरुको गठन गरिएको छ।
५. स्पनसर बारे जानकारी
यो पटक जम्मा ५ प्रकारका स्पनसरहरुको लागि ब्यबस्था गरिएको छ। 1. Event Partner $10,000, 2. Platinum $7,500, 3. Gold $5,000, 4. Silver $3,000, 5. Supporters $1,000
६. एटेण्डेण्टस तथा रजिस्ट्रेशनबारे
यो सम्मेलनमा बिश्वका विभिन्न ७३ देश्का गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा गैर आवासीय नेपाली संघका अन्तरराष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, प्याट्रन, सल्लाहकार, विभिन्न कमिटीहरुका पदाधिकारीहरु समेत एटेण्डेण्टहुने छन् । एटेण्डेण्ट राजिस्ट्रेशनको लागि अमेरिकी २०० डलर निर्णय गरिएको छ भने सो रकममा २ वटा लन्च र २ वटा डिनर समेत इनक्लुड हुनेछ।
७. संचार संयोजन नियमित अपडेट
सम्पूर्ण संचार माध्यम र पत्रकार साथीहरुको सुचनाको संयोजन गर्न गैर आवासीय नेपाली संघका (अन्तरराष्ट्रिय समन्वय परिषदका) का लागि द अमेरिकाज रिजनल मिडिया कोअर्डिनेटर, कृष्ण के सीले गर्नु हुनेछ । सो सम्बन्धि सम्पूर्ण अपडेट तलको वेबसाइट र फेसबुकमा गरिने छ।
http://bit.ly/1pn9EgN
http://bit.ly/1PEl9Ho
धन्यबाद
कृष्ण के सी
रिजनल मिडिया कोअर्डिनेटर
गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका, द अमेरिकाज
Pictures: Bishnu Poudel, Goma Shen, Br Lama– New York.
No comments:
Post a Comment