Friday, June 10, 2016

पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य

Pokhara-Airport२९ जेठ । विश्व प्रसिद्ध फोव्र्स पत्रिकाले नेपालको पोखरालाई सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ ।

फोव्र्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो ।

विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोव्र्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अमेरिकामा व्यवसाय गर्दै आउनुभएका युएस नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष वेद खरेलले राससलाई बताउनुभयो ।

खरेलले भन्नुभयो, “अमेरिकाका मध्यमवर्गका लागि यो महत्वपूर्ण सूचना हुन सक्छ । यसरी पोखरा सूचीकृत हुनु आफैँमा नेपालको पर्यटन प्रचार पनि हो ।”

उक्त पत्रिकाले प्रतिदिन १५ डलर ८४ सेन्टमा नेपालको पोखरामा बस्न सकिने उल्लेख गरेको छ । सोसँगै २१ स्थानलाई पर्यटकीय सम्भावनाको सस्तो क्षेत्रको रुपमा फोव्र्सले सूची निकालेको छ । यी २१ स्थानमध्ये काठमाडौँ सातौँ स्थानमा छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...