Monday, June 27, 2016

खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि रुकुमको माटो उत्कृष्ट

downloadरुकुम, १४ असार । खाद्यान्न तथा नगदेबाली उत्पादनका लागि रुकुमको माटाको उर्वराशक्ति मुलुककै उत्कृष्ट भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयको पहल र अगुवाइमा रुकुमको कृषि प्रणालीमा सुधार ल्याई कृषकको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ दुई वर्षदेखि माटो परीक्षण अगाडि बढाइएको थियो ।

खाद्यान्न र नगदेबाली उत्पादनका दृष्टिले रुकुमको माटो देशभर उत्कृष्ट रहेको प्रतिवेदन सोमबार क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराका इन्द्रबहादुर ओलीले प्रस्तुत गर्नुभयो ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईंले समशीतोष्ण हावापानी र सदाबहार किसिमको मौसमका कारण रुकुमको माटाको उर्वराशक्ति उच्च रहेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...