Wednesday, June 29, 2016

असारे गीत !!

ram-chandra-sharma-300x275

चैतमासे धानको त्यो सिरम्ले बाला लौ हाडीमा भुटेर
च्युरा कुट सानी महसित खानि लौ हाडीमा भुटेर

घरकी बुढी आमा लगाएर जामा दैलो पोत्छिन उठेर
ससुराको बानि गाउमात्र जानी भ्याई न भ्याई मुख चुठेर

छोरी माइत बस्ने आमा चिप्लो घस्ने सिन्को पनि न भांची
बुहारीलाई सकस आफु लिन्छिन बकस सिन्को पनि न भांची

खोला किन सुक्यो छाउरे कुकुर भुक्यो काली लेकमा हिउँ छैन
छोरो लाहुर गाछ पैसो चाइने भाछ गैरीखेतमा बिउ छैन

माछा मार्नु बल्छी घरमा सबै अल्छी तोरी बारी बाँझै भो
असारको मेलो हिलो छेलो खेलो नाति यौटा खाञ्चै भो

गाउँले दाजु भाइ सबैजना आइ आली लाउछन खनेर
खेतमा बेठी बाजा दहिच्युरा खाजा ज्याला बाँड गनेर

आउने र जाने मेलो सघाउने सबैलाई छ धन्यबाद
रिति थिति धान्नु हाम्ले भन्या मान्नु लौ है हजुर धन्यबाद

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...