Saturday, June 25, 2016

एनआरएनए संस्थाको नाम अनाधिकृत रुपमा प्रयोग सूचना !

हालै अफगानिस्तानको कावुलमा आतंककारीद्वारा गरिएको सुनियोनित आतंकद्वारा मारिएका १३ जना नेपालीहरुको स्मरणमा गर्न लागिएको दीप प्रज्वलनमा एनआरएनए आइसिसी समेत आयोजक रहेको भनेर क्यालिफोर्निया तथा केही अन्य स्थानमा समेत प्रचार भएकोमा एनआरएनएको द अमेरिकाज क्षेत्रको तर्फबाट सो कुराको अनाधिकृत रुपमा दुरूप्रयोग गरिएकोले खण्डन गरेको छ।

यसरी अनुमती र सहमती बिना संस्थाको दुरुपयोग नगर्न सबैलाई अरुरोध गरिएको छ। कुनै पनि एनआरएनको एनसिसी या उसको च्याप्टरको कार्यक्रम भनेको एनआरएनएको आफनै कार्यक्रम हो र तेस्मा आयोजक होइन स्वयम अतिथि या प्रतिनिधि हुने हुनाले यसरी जो कसैबाट पनि अनुमती बिना एनआरएनए आइसिसीको नाम प्रयोग गर्नु भएको छ भने सो सम्बन्धी सम्पूर्ण कुराको खण्डन गरिएको छ र यसो नगर्न अनुरोध गरिएको छ।

एनआरएनएको आइसिसी सम्बन्धि सम्पूर्ण कुरा यस क्षत्रका क्षेतीय संयोजकबाट मात्र स्वीकृत हुने र सोही अनुरुप संचार गर्ने गरिएको छ। संचारको लागि एनआरएनएको आफ्नै च्यानल एनआरएनए प्रबक्ताको संयोजनमा मिडिया कमिटी छ र सम्बन्धित क्षेत्रको रिपोर्टिङ्ग सोही कमिटिका क्षेत्रीय संयोजक, सदस्य या प्रतिनिधिद्वारा गरिने जानकारीको लागि अनुरोध गरिएको छ।

कृष्ण के सी

रिजनल मिडिया कोअर्डिनेटर

गैर आवासीय नेपाली संघ, द अमेरिकाज

News link :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...