Wednesday, June 22, 2016

कविता -हाम्रो २५औँ वैवाहिक वार्षिकोत्सव

rakeshkarki

(१)

सुनौलो दिन चाँदनी रात

जन्म जन्मको मीठो साथ

खुसीयाली हामीमा प्यारो घर राम्रो

२५औँ वैवाहिक वार्षिकोत्सव हाम्रो

(२)

प्रेमको गङ्गामा मायाको दुई थुङ्गा

हाँस्दैखेल्दै चलिरह्यो जीवनको डुङ्गा

नीलो आकाश हरियाली सुन्दर धरती

अक्षय अन्तर हाम्रो मनको पीरती

(३)

हर पल हर क्षण नयाँ रङ्गको उमङ्ग

तिमी-म, म-तिमी कदम-कदममा सङ्ग

बढिरह्यो ममता संपूर्ण लोक जगमगाइ

आनन्दमय र सुखभरी संसार हामीलाई

(४)

पहिराइ प्रणय माला ओढाइ प्रेमिल छाता

बनेको दुइटा आत्मा असीम हाम्रो नाता

पति-पत्नीमा हर्षोल्लास मुस्कान अनन्त

हाम्रो सुमधुर वैवाहिक २५सौँ बसन्त

(५)

हृदयमा इश्वर सधैँ दिलको मीठास

पवित्र दाम्पत्य बन्धन सुदृढ विश्वास

कुसुम कामनाका गुच्छा गुच्छाका सद्भाव

सुखद अनुभूति हाम्रो २५औँ वैवाहिक वार्षिकोत्सव

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...