Wednesday, June 8, 2016

सप्तरीमा हात्ती आतङ्क, आधादर्जन घरमा तोडफोड

राजविराज, २६ जेठ । केही दिनयता सप्तरीको पूर्वी भेगमा हात्ती आतङ्क फैलिएको छ ।
पछिलोपटक गएराति सप्तकोसी नागरपालिका–९ स्थित कमलपुरमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक बथानले छवटा घरमा तोडफोड गरेको छ ।

करिब तीनवटा समूहमा आएका हात्तीले स्थानीय सत्यनारायण यादवसहित चार परिवारको छवटा घरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सो हात्तीको समूहले घरमा क्षति पु¥याउनुको साथै घरभित्र रहेका अन्नपात खाएको छ भने लत्ताकपडा र भाँडावर्तनमा समेत क्षति पु¥याएको प्रहरी नायब निरीक्षक तेजबहादुर बस्नेतले जानकारी दिनुभयो । हात्तीलाई स्थानीयवासी र प्रहरी मिलेर आरक्षतिर लखेटेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...