Thursday, June 9, 2016

जापानको भूकम्पप्रभावित क्षेत्रको पीडा देख्दा नेपाली स्तब्ध

is (3)टोकियो, २८ जेठ । गत अप्रिल १६ मा गएको ७.३ रेक्टर स्केलको भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोमा पीडितलाई सहायता गर्न भनेर गत साता टोकियोबाट गएको नेपाली समुदायको एक टोलीले धनी र सम्पन्न मुलुक भएर पनि पीडा नेपालका भूकम्पपीडितको भन्दा कम नरहेको जनाएको छ । उनीहरुले पीडा देख्दा नेपाल सम्झेर स्तब्ध भएको उनीहरुले बताए ।

भूकम्प प्रभावित क्षेत्रका अधिकांश घरमा नीलो, पहँेलो र रातो रङको प्रयोग सूचनाका रुपमा गरिएको छ । घरको छानामाथि नीलो रङका त्रिपाल प्रयोग गरिएका छन् जसको अर्थ आफ्नै घरमा जान चाहन्छु भन्ने हुन्छ । भूकम्पले घर भत्किएका छन् । च्यापिएका र पुरिएका सामान तानिरहेकामा ८०-८५ वर्षका वृद्ध मात्र छन् । तान्दा कपडाको एक-एक धर्सा मात्र निकाल्ने गरेका थिए । तैपनि आउँछ कि भनेर अनेक प्रयास गर्दा पनि पुरिएका सामान निकाल्न नसक्दा पीडामा छट्पटिइरहेका छन् ।

भूकम्पप्रभावित अधिकांश वृद्धहरु भएकाले खानका लागि मात्रै होइन लगाउने लत्ताकपडादेखि बिछ्यौना सम्मको समस्याले पिरोलिरहेको छ । यो अवस्था देखेर कुमामोतो सरकारले नेपाली समुदाय सहितलाई सहायताका लागि आग्रह गरेको थियो । न बल छ, न त आफन्त भनाउँदा छोराछोरी र आफन्त नै । छन् त केवल उनीहरुलाई टुलुटुलु हेर्नेहरु ।

सो क्षेत्रमा गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा स्वयम्सेवकका रुपमा अध्यक्ष सुदन थापा, सचिव बुद्धिराज घिमिरे, सल्लाहकार जिज्ञानकुमार थापा, योगा गुरु निरज ज्ञवाली, युवा व्यवसायी केशव थापा, सरोजकुमार खत्री लगायतका १० जना टोकियोबाट गएको टोलीले प्रभावित बासिन्दालाई सहयोग गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...