Monday, June 6, 2016

अमेरिकाको नजरमा नेपालमाथि, भण्डारी शक्तिशाली महिला

Bidhya-Bhandari

काठमाडौं, २५ जेठ । अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा परेकी छिन् । फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सुचीमा नेपालले प्रवेश पाएको यो पहिलो पटक हो । यो सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन् ।

नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । उनी विगत १० वर्षदेखि शक्तिशाली महिलाको यो सूचीमा पहिलो स्थानमा रहँदै आएकी छिन् । दक्षिण एशियामा सबैभन्दा शक्तिशाली महिलाका रुपमा भारतका अरुन्धाती बट्टचार्य २५ औँ स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाकारुपमा बंगलादेशका प्रधानमन्त्री सैख हसिना वाजेद ३६ औँ स्थानमा परेकी छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...