Saturday, June 25, 2016

हराएको मान्छे ” बिमोचन समारोह साथै साहित्य कार्यक्रममा चक्र बिस्ट गजल प्रस्तुति गर्दै !

सुदुरपुर्बी नेपालको ताप्लेजुङ जिल्ला आम्बेगुदिन गाबिस वाड ७ लासा मा मध्यम परिवार जन्मनु भएका चक्र बिष्ट एक युवा जगत को उदाउँदो तारा को नाम ले चर्तित हुनुहुन्छ। उहाँ बिगत केही बर्ष अघि देखि कलकारिता क्षेत्रमा प्रवेश गर्नु भए पछि केही एल्बम हरु लिएर तपाई हामी माझ आइसक्नु भएको छ। हुने बिरुवाको चिल्लो पात भनेझैं बाल्यकाल देखि नै लेख पढ् गर्ने, निर्त्य तथा बक्तित्व गर्ने, सबै सग मिलेर अघि बढनु उनको स्वभाव नै थियोे। सानैदेखि मिलनसार स्वभाव र सबैसग मुसुक्क हास्ने उहाँको व्यबहार देखेर जो कोही उहाँलाई मन पराउनु र ज्यादै माया गर्नु असल मानवता को कर्तव्य नै बन्न जान्छ। उहाँ हाल केही महीना अगाडि देखि अफ्ना बुबा आमा दाजुभाइ र भाउजूको साथमा अमेरिका मा बस्दै आउनु भएको छ।

उहाँको अमेरिका बसाई भए पनि आफ्नो जन्मभुमि नेपाल प्रती गहिरो माया रहेको बताउनु हुन्छ। यसरी आफ्नो जीवन का कदमलाई अगाडि बढाउने क्रममा नेपाली हरुको नयाँ बर्ष २०७३ सालको सुरुवात सगै अमेरिकामा एउटा कार्यक्रम सुसम्पन्न गरिसक्नु भएको छ।जस्मा स्वयं चक्र बिष्ट ले सन्नानी तिमिलाइ भन्ने गित मा आफ्नो निर्त्य कला प्रदर्शन गर्नुभएको छ।कार्यक्रम मा सहभागी हरु दिलिप रयमाझी,मधु क्षेत्री, कुमार बस्नेत को पनि विशेष सहभागीता रहेको थियोे। यस् अघि उनका किर्ती हरुमा १.पहिलो एल्बम (दुखी ) बाध्यता ले जादैछु। प्रदेश २.दोस्रो एल्बम (स्पर्श ) नेपाल हाम्रो।३.तेस्रो एल्बम (मनको मलम)२०७२बैशाख १२को भुकम्प।४.चौथो एल्बम (सम्बन्ध ) रहेका छन भने उनलेे नेपाली टेलिसृङ्खला तितो सत्य मा समेत अभिनय गरिसक्नुभएको छ। उहाँको सफलता को कामना गर्दै उतरोतर प्रगती का पाइला अगाडि बढदै जाउन पुन हार्दिक बधाई छ चक्र बिस्ट जी लाइ !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...