Wednesday, June 8, 2016

सरकार परिवर्तन मुलुकका लागि दुर्भाग्य : नेत्री सुजाता

Sujata-Koiralaमोरङ, २६ जेठ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले दलहरु सरकार परिवर्तनको खेलमा लागे मुलुकका लागि दुर्भाग्य हुने बताउनुभएको छ ।

मङ्गलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेत्री कोइरालाले वर्तमान सरकारलाई पूरै अवधि टिक्न दिनुपर्ने बताउनुभयो ।

रकार परिवर्तनको खेलमा लागे त्यो देश र जनताका लागि दुर्भाग्य हुने उहाँको कथन थियो । सरकार परिवर्तनले देशमा राजनीतिक स्थायित्व र विकास नहुने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “अब सबै दल मिलेर मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ ।” अन्य मुलुकमा सरकार पूरै अवधि टिक्ने गरेकै कारण विकास भएको उहाँको तर्क थियो । उहाँले काँग्रेस अब सरकारमा नगई बलियो प्रतिपक्षकै भूमिकामा बस्नुपर्ने बताउनुभयो, “संसदीय शासन प्रणालीमा बलियो प्रतिपक्ष आवश्यक पर्छ,” कोइरालाले भन्नुभयो, “त्यो भूमिका काँग्रेसले निर्वाह गर्छ ।”

स्थिर सरकार नभएकै कारण मुलुकले आर्थिक उन्नति गर्न नसकेको उहाँको भनाइ थियो । सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी नियन्त्रण र भूकम्पपछिको पुनःनिर्माणको काम गर्न नसकेको पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी कोइरालाले आरोप लगाउनुभयो ।

“सरकारले काम गर्न सकेन भनेर ढाल्नेतिर लाग्नु हुँदैन,” उहाँले भन्नुभयो, “प्रतिपक्ष दलले जहिले पनि सरकारका कमीकमजोरीलाई जनताबीच लिएर जानुपर्छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...