अमेरिकाको पोर्टल्यान्ड तथा नेपालमा तेक्वान्दो सम्बन्धी नेपाली सामाजिक कथा बस्तु र देशप्रेमको भावना बोकेको चलचित्र रिलेशनको गत असार १० गते अधिराज्यभर प्रदर्शित भएको छ l लामो समय देखि अमेरिका बस्दै आएका तेक्वान्दो मास्टर दिवाकर डान महर्जन उक्त चलचित्रका निर्माता तथा स्वयम् नायक पनि हुन l अमेरिकाको पोर्टल्याण्डको हलिवुड चलचित्र मन्दिरमा प्रदर्शित भए पछि नेपाल अधिराज्य भर प्रदर्शन भएको छ l
स्वदेश र विदेशमा छरिएर रहेका सम्पूर्ण नेपाली खेलाडीहरु तथा नेपाली चलचित्र प्रेमीहरुलाई समेत ध्यानमा राखेर बनाईएको यो चलचित्रका निर्देशक दिपेन्द्र दाहाल हुन l निर्माता महर्जन तथा निर्देशक दाहाल दर्शकले राम्रो प्रतिक्रिया गरे पछि उत्साहित भएका छन् l
मास्टर दिवाकर डान महर्जनले चलचित्रको बारेमा संक्षेपमा जानकारी दिदै आफुले विशुद्ध नेपालीपन र तेक्वान्दो खेललाई समेटिएका कारण चलचित्र चलचित्र भन्दा फरक रहेको बताए l ‘समाजमा रहेको विकृति र विसंगतीलाई तेक्वान्दो खेल मार्फत सुधार गरिएको कुरालाई चलचित्रमा समेटिएको छ l
नेपालमा तेक्वान्दो खेललाई स्थापना गर्न ठुलो भूमिका निर्वाह गरेका तेक्वान्दो गुरु जेके सिनको तेक्वान्दो स्कुलिङलाई चलचत्रिमा समेटिएको छ । चलचित्रमा नेपालकी चर्चित तेक्वान्दो खेलाडी मनिता शाही,शुसिल पोखरेल ,दिशेन श्रेष्ठ ,रमेश केसी, विद्या कार्की, उपेन्द्र तिमल्सिना, , राधा श्रेष्ठ, गीता अधिकारी, कृष्ण रसाल ,लक्ष्मणविक्रम बस्नेत, लक्ष्मण थामी, सुदि कुँवर,,महिमा सिलवाल जस्ता कलाकारहरुको अभिनय रहेको छ l
चलचित्र रिलेसनमा गोविन्द्र प्रभातको नृत्य निर्देशन ,अष्टमहजृन र कुमार महर्जनले द्वन्द्व निर्दशेन गरेका छन् ।
No comments:
Post a Comment