Thursday, June 2, 2016

माओवादी मन्त्री नआएपछि मन्त्रिपरिषद् बैठक सामान्य छलफलमै सकियो

razak-khan_1464767444-555x335

काठमाडौँ, २० जेठ । नेकपा माओवादी केन्द्र आबद्ध मन्त्रीहरु अनुपस्थिति रहेको कारण मन्त्री परिषदको आजको बैठक सामान्य छलफलमै सकिएको छ ।
पार्टीको पोलिटब्यूरो बैठकको कारण मन्त्रीहरु नआएको बताईएको छ ।
मन्त्री परिषदको बैठकले सरकारले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा गुणराज लोहनीलाई तोक्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतको समितिमा खुल्ला प्रतिस्पर्धाबाट छनोट नभएसम्मका लागि डा लोहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
छोटो समय बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली सेनाका अधिकृतहरुको कायम मुकायम गर्ने र केही पदावधि थप गर्ने विषयबारे पनि सामान्य छलफल भएको थियो ।

बैठकका थोरै मात्र एजेन्डा रहेको र नेकपा माओवादी केन्द्र सम्बद्ध मन्त्रीहरु पोलिटब्युरो बैठकका कारण अनुपस्थित रहेकाले अन्य महत्वपूर्ण निर्णय नभएको सञ्चारमन्त्री राईले बताए ।

फरक प्रसङ्गमा सञ्चारमन्त्री राईले वार्ताबाटै मधेसी मोर्चासहितका दलका मागलाई सम्बोधन गर्न अहिले पनि सरकार तयार रहेको भन्दै मोर्चाभित्रैबाट सहमति जुटाएर वार्तामा आउन पुनः आग्रह गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...