Saturday, June 11, 2016

नेपाली घरको सहयोगार्थ खेम गुरुङ अमेरीका आउंदै

khem-raj-gurung

जुन १० , २०१६
कोलोराडो

बहुचर्चित गीत “वारी जमुना पारी जमुना”का गायक खेम गुरुङ उत्तर अमेरीकाको विभिन्न शहरमा कार्यक्रम गर्ने उद्धेश्यले अमेरीका आउने भएका छन् ।

कोलोराडो स्थित नेपालीहरुको साझा संस्था नेपाली घरको सहयोगार्थ सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनी अमेरीका आउन लागेका हुन् । उनलाई अमेरीकाको भिषा दिलाउन नेपाली घरले बिशेष पहल गरेको थियो ।
नेपालीहरुको भाषा, संस्कृति, रहन सहन, भेष भुषाको संरक्षणार्थ एक नेपाली घर निर्माण गर्न अघि बढिरहेको नेपाली घरले सबै संघ संस्था, समुदाय तथा व्यक्ति संग हातेमालो गर्दै अगाडी बढ्ने र स्थानीय श्रोत र साधन पहिचान तथा परिचालन गर्ने निति लिए अनुरुप यस्तो सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
बहुचर्चित युवा गायकको लोकप्रिय गीत संगै रम्न कार्यक्रम आयोजना गर्न चाहनु हुने महानुभावहरुलाई नेपाली घरले निकट भविश्यमानै सम्पर्क व्यक्तिको नाम तथा नम्बर सार्वजनिक गर्ने नेपाली घरका अध्यक्ष योगराज गौतमले बताएका छन् । उनले नेपाली घरको संयोजनमानै सबै कार्यक्रम हुने जनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...