Tuesday, June 7, 2016

सडक, यातायात र रेलमार्ग निर्माणमा नेपाललाई चीनले सहयोग गर्ने

रक्षामन्त्रीसँग चिनियाँ सैनिक प्रमण्डलको भेट

Rawal-meet-china-teamकाठमाडौँ, २५ जेठ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावलसँग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका केन्द्रीय सैनिक आयोगको संयुक्त स्टाफ विभागका उपप्रमुख एडमिरल सुन छियाङ्गुओले नेतृत्व गर्नुभएको १३ सदस्यीय प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गर्यो ।

रक्षा मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्ति अनुसार भेटवार्ताका अवसरमा नेपालको संविधान जारी भएपछि त्यसप्रति मित्रराष्ट्र चीनबाट भएको स्वागत तथा समर्थनका लागि चीन सरकारप्रति उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले आभार व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनको प्रगतिमा नेपाल खुसी हुँदै आएको कुरा उल्लेख गर्नुभयो ।

गत वर्ष नेपालमा गएको विनाशकारी भूकम्पको समयमा चीन सरकारबाट उद्धार, खोज तथा राहत कार्यमा उपलब्ध गराएको विशेष सहयोगका लागि धन्यवाद दिँँदै उहाँले त्यसबेला चिनियाँ जनमुक्ति सेनाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । भेटका अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख एडमिरल सुन छियाङ्गुओले नेपाल चीनको ज्यादै असल छिमेकी मित्र रहेको र नेपाल–चीन सम्बन्ध ऐतिहासिक भएको चर्चा गर्दै चीन सधैँ नेपालको स्वतन्त्रता र स्वतन्त्र निर्णयको पक्षमा रहेको कुरा उल्लेख गर्नुभयो ।

चीनले अपनाएको एक बेल्ट एक सडकको नीतिअनुरुप सडक, यातायात र रेलमार्गबाट नेपालले फाइदा लिन सक्ने र चीन त्यस्तो सहयोग विस्तार गर्न तत्पर रहेको कुरा एडमिरल सुन छियाङगुओले उल्लेख गर्नुभयो । निकट भविष्यमा चीनका राष्ट्रपति सी जिनपिङद्वारा नेपालको भ्रमण हुनसक्ने सम्भावना रहेको बताउँदै उपप्रधानमन्त्री रावललाई चीन भ्रमण गर्नसमेत उहाँले आमन्त्रण गर्नुभयो । – See more at: http://bit.ly/1Uc0HmR

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...