Saturday, June 25, 2016

विनियोजन विधेयकमा छलफल गर्न संसद बैठक बस्दै

Samsad-650x304काठमाडौं, १२ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अबरोधका कारण स्थगित भएको संसदको बैठक आज पुनः बोलाइएको छ ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजेका लागि बोलाइएको सदन बैठकमा आर्थिक वर्ष २०७३/७४ को विनियोजन विधेयकमाथि छलफल हुने कार्यक्रम छ । छलफलमा सांसदहरूले भाग लिँदै आएका छन् ।

उता, विपक्षी दल कांग्रेसले भूकम्पपीडितहरूलाई एकमुष्ट दुई लाख रुपियाँ दिनुपर्ने अडानसहित आजको बैठक पनि अबरोध गर्ने चेतावनी दिएको छ । कांग्रेसले नियमावली संशोधन गरेर भूकम्पपीडितहरूलाई घर बनाउन एकमुष्ट रकम दिनुपर्ने माग राखेको हो ।

प्रधानमन्त्री ओलीले कांग्रेसको माग जायज नरहेको भन्दै अघिल्लो सरकारका पालामा बनेको नियमावलीले दुई लाख दिन नसकिने बताउँदै आउनुभएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...