Wednesday, June 8, 2016

काठमाडौँ, २६ जेठ । राकेश तामाङ र अनिषा खरेलले ‘मिस्टर एन्ड मिस एसएलसी आइकन–२०१६’ को उपाधि चुमेका छन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा हालै सम्पन्न प्रतियोगितामा राकेश ‘मिस्टर एलएलसी आइकन’सँगै फेसबुक च्वाइस, मस्ट पपुलर र बेस्ट पर्सनालिटीसमेत भए । त्यस्तै अनिषा ‘मिस एलएलसी आइकन’का साथ ‘बेस्ट स्पिच’ चुनिन् ।

एएनपी मिडिया हाउसको आयोजनामा अश्विनी कोइरालाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको पुरुषतर्पm विमल राई ‘फस्ट रनर्स अप’, किरण डङ्गोल ‘सेकेन्ड रनर्स अप’, अनुराग झा ‘थर्ड रनर्स अप’ तथा निकेश शाही ‘फोर्थ रनर्स अप’ भए ।

नृत्य निर्देशक राजु शाह, दीपिका रिमाल थापा, विष्णु रिजाल, सविता लामिछाने, रुपेश श्रेष्ठ, सुमिना श्रेष्ठ र सरोज प्याकुरेल निर्णायक रहेको प्रतियोगिताको युवतीतर्फको स्पर्धामा सोनु रावत ‘फस्ट रनर्स अप’, सृष्टि शाह ‘सेकेन्ड रनर्स अप’, प्रीति न्यौपाने ‘थर्ड रनर्स अप’, जङ्मु शेर्पा ‘फोर्थ रनर्स अप’ हुन सफल भए ।

विविध साङ्गीतिक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट घोषित गर्दै उपाधि दिइएको थियो । प्रवेशिका परीक्षा (एसएलसी) दिएर बसेका विद्यार्थीबीच आयोजित सौन्दर्य प्रतियोगिताका हरेक सहभागीलाई दश जोड दुई अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आइएको जानकारी आयोजकले दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...