Monday, June 27, 2016

दुई सय ३७ सहकारीलाई कारबाही

downloadलहान, १३ असार । सहकारी डिभिजन कार्यालयले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने सिरहा र सप्तरीका २३७ सहकारी संस्थालाई कारबाही गरेको छ ।

आव २०७१-७२ को लेखा परीक्षणका लागि स्वीकृति नलिएको भन्दै डिभिजन सहकारी कार्यालयले सिरहाका १२७ र सप्तरीका ११० सहकारी संस्थालाई कारबाही गरेको छ । सहकारी संस्थामाथि गरिएको जरिवानाबाट चालु आव २०७२÷७३ मा रु एक लाख सात हजार राजस्व सङ्कलन भएको डिभिजन सहकारी संस्थाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

समयमा लेखा परीक्षण स्वीकृति नलिने सहकारी संस्थाबाट रु एक हजार ५०० सम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ । आव २०७०-७१ मा कार्यालयले समयमा लेखा परीक्षण स्वीकृति नलिने सिरहा र सप्तरीका ७३ सहकारी संस्थाबाट जरिवानास्वरुप रु ७२ हजार ५०० राजस्व सङ्कलन गरेको थियो ।

सिरहामा सात सय र सप्तरीमा ५५० सहकारी संस्था दर्ता रहेको सहकारी डिभिजन कार्यालयले जनाएको छ । दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नगरेको भन्दै सिरहाका १२ र सप्तरीका १८ वटा सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...