Tuesday, June 28, 2016

मदन भण्डारी देशभक्त नायक: प्रधानमन्त्री ओली

Kp-oli-1काठमाडौँ, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्मृति भवनको नाममा निर्मित नेकपा (एमाले) को ललितपुर जिल्ला पार्टी कार्यालय भवन उद्घाटन गर्नुभएको छ ।

जननेता भण्डारीको ६५आँै जन्मजयन्तीको अवसरमा आज आयोजित समारोहमा उहाँले यस भवनबाट स्व भण्डारीका विचार, उद्देश्य र शैलीसहित जनताको बहुदलीय जनवाद अघि बढाउन सहयोग पुग्ने बताउनुभयो ।

नेता भण्डारीको जनताको बहुदलीय जनवाद दराजमा थन्क्याएर राख्ने पुस्तक मात्र नभइ देश विकासका लागि मार्गदर्शकको रुपमा अघि बढाउनु पर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सोही विचारधारा अङ्गालेको एमाले आज यति ठूलो दल बन्न सकेको हो भन्नुभयो ।

आफ्नो दल सरकार टिक्ने या नटिक्ने चिन्तामा भन्दा पनि देशलाई कसरी सवलरुपले अघि बढाउने भन्ने अभियानमा लागेको चर्चा गर्दै उहाँले यो अभियानलाई कसैले पनि रोक्न नसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा सो भवन निर्माणमा सहयोग पु¥याउनु हुने महानुभावलाई सम्मान गर्नुकासाथै नेपाली काँग्रेस र विभिन्न माओवादी पार्टी छोडेर नेकपा (एमाले)मा प्रवेश गरेका ५० जनालाई स्वागत गरिएको थियो ।

ललितपुर जिल्लाको चक्रपथ नजिकै सातदोबाटोमा पाँच आना दुई पैसा क्षेत्रफलमा निर्मित साढे तीन तलाको सो भवन रु ७० लाख १७ हजार ९७५ मा तयार भएको भवन निर्माण समितिका अध्यक्ष माधव पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...