Tuesday, June 28, 2016

पर्यटक भित्र्याउन नेपाली टोली अमेरिका, सहसचिवको ब्यबहारको कारण अमेरिकाका नेपाली चिडीए

2049

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईको नेतृत्वमा एक उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल अमेरिकी पर्टटक नेपाल भित्र्याउने उद्देश्यले अमेरिका आएको छ ।

सहसचिव घनश्याम उपाध्यायको व्यवहारप्रति भने अमेरिकामा रहेका नेपालीहरु चिडीएका छन् ।क्यालिफोर्नियाका लागि अवैतनिक पर्यटनदूत रहेर गत महिनासम्म सेबा गर्दैआएका अनिल पाण्डेलाई सहसचिव उपाध्यायले हप्काएका छन् । ‘तपाईंलाई कसले बोलायो र आउनुभयो भनेर पाण्डेलाई अमानवीय व्यवहार गरिएको बताए l

टोलीमा सचिव राई, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, मन्त्रालयकै सुदन सुवेदीलगायत १७ जनाको टोली छ । यसबाट पर्यटन कति बिकास होला ? तर जो जो संग खर्च गरेर कार्यक्रम गरियो या गरियो भनियो ति फूड र ट्राभल क्रिटिक्स मात्र हुन् ? पर्यटन प्रबर्धनका लागि यस टोलीले ई टर्बो नामको स्थानीय सडक प्रदर्शनीका लागि विज्ञ संस्थालाई ठेक्का दिइएको छ ।

ई टर्बोले नेपाली साँस्कृतिक झाँकी, एडभेञ्चर ट्रेकिङ, प्याराग्लाइडिङ,आध्यात्मिक सभा आदि आयोजना गरेर नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य रहेको जानकारी गराउने छ l

सडक प्रदर्शनी जुन २० मा डेनभर, २१ मा फोनिक्स, २३ मा एलए लङबीच, २४ मा सनफ्रान्सिस्को र हिजो अन्तिम जुन २७ मा सियाटलमा सम्पन्न गरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...