Monday, June 27, 2016

नदी कटानबाट गाउँबस्ती क्षति हुन नदिइने : मन्त्री यादव

उमेश-यादवगाईघाट (दयपुर), १४ असार । नेपाल सरकारका सिँचाइ मन्त्री उमेश यादवले उदयपुर जिल्लाका विभिन्न नदीकटान जोखिम क्षेत्रका गाउँघरमा नदी कटानले गाउँ, बस्ती क्षति हुन नदिइने बताउनुभएको छ ।

आज तराईको सिरहा हुँदै नदी कटान र यसको क्षतिका बारेमा अवलोकन तथा अनुगमन गर्दै उदयपुरको गाईघाट आइपुग्नुभएका मन्त्री यादवले गाईघाटस्थित नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालयमा आयोजित भेलालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

जिल्लाका नदीकटान पीडित जनतालाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो – “सरकार र आफ्नो मन्त्रालयले तत्काल नदी कटानबाट जोखिममा परेका गाउँको अनुगमन गरेर त्यसको नियन्त्रण गर्नेतर्फ कदम चाल्नेछ, मानवीय क्षति कुनै पनि हालतमा हुन दिने छैनौँ ।”

उदयपुरको त्रियुगा नगरपालिका गाईघाटदेखि जिल्लाको पूर्वी क्षेत्रको तपेश्वरीसम्म व्यापकरुपमा त्रियुगा नदीलगायत अन्य नदीबाट बर्खा लागेसँगै गाउँघर कटान भई जोखिममा पर्न थालेपछि मन्त्री यादव सो गतिविधिको अनुगमन र निरीक्षण गर्न आज उदयपुर आइपुग्नुभएको मन्त्रीका स्वकीय सचिव मातृका भट्टराईले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री यादवले सो पार्टीको जिल्ला पार्टी कार्यालयमा जिल्लाका नदी कटानमा परेका तपेश्वरी, त्रियुगा नगरपालिका, रामपुर ठोक्सिला, जोगिदह, हँडिया र सुन्दरपुरका पीडित जनतासँग भेटघाटसमेत गरेको नेकपा (माओवादी केन्द्र) उदयपुरका संयोजक भीम अधिकारीले बताउनुभयो ।

आज र भोलि दुई दिन मन्त्री यादवले जिल्लाको त्रियुगा नगरपालिकादेखि पूर्वको तपेश्वरीसम्मका नदी कटान भूभागको निरीक्षण र अनुगमन गर्ने कुरा नेकपा (माओवादी केन्द्र) उदयपुरले बताएको छ ।

तत्काल मानवीय क्षति हुने खतरा रहेका स्थान र गाउँमा नदी कटान नियन्त्रणको पहल सुरु गर्नेसमेत मन्त्री यादवले बताउनुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...