Tuesday, June 7, 2016

‘संविधान कार्यान्वयनका लागि सहमति आवश्यक’

bijaya-gachhedar_295विराटनगर, २५ जेठ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले राजनीतिक समस्या र संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँगको कुराकानीमा उहाँले सरकामाथि कुनै सङ्कट नरहेको र सरकार सहमतिमै चलिहरेको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय सहमतिको सरकार नबनेसम्म यो बहुमतीय सरकार नै कायम रहने उल्लेख गर्दै संयुक्त सरकारमा सामान्य मतभेद देखिनुलाई नेतृत्व परिवर्तन हुने रुपमा बुझ्न नहुने बताउनुभयो ।

स्थानीय निकायको निर्वाचन गराउन सरकार तयार रहेको चर्चा गर्दै उहाँले निर्वाचनको पक्षमा विगतमा नेपाली काँग्रेसले गरेका प्रतिबद्धतालाई स्मरण गर्न आग्रह गर्नुभयो । उपप्रधानमन्त्री गच्छादारले संसदीय नियमावली सहमतिमै पारित हुनुपर्दछ, त्यसो नभए प्रक्रियाद्वारा नै पारित हुने विश्वास व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...