Wednesday, June 22, 2016

कांग्रेसद्वारा फेरि संसद बैठक अवरुद्ध

काठमाडौं, ९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितको व्यवस्थापन प्रभावकारी ढंगबाट नभएको भन्दै व्यवस्थापिका संसद अवरुद्ध गरेको छ ।

विहीबार विहान ११ बजे बैठक सुरु भएलगत्तै कांग्रेस नेता प्रकाशशरण महतले भूकम्पपछिको पुनर्निर्माणमा पनि निकै ढिलासुस्ती भएकाले सरकारबाट स्पष्ट जवाफ नआएसम्म संसद चल्न नदिने बताए । ‘भूकम्प प्रभावितको राहत वितरण पनि प्रभावकारी भएन्, उनले भने ।’

महत बोलिसकेपछि कांग्रेसका सांसदहरु उठेर संसद अवरुद्ध गरेका छन् ।

गत वर्षको वैशाख १२ गते गएको विनाशकारी भूकम्प पश्चात तत्कालिन सरकारले प्रतिपरिवार २ लाख रुपैया अस्थायी आवासका लागि उपलब्ध गराउने घोषणा गरेको तर भूकम्प गएको १४ महिना वितिसक्दा पनि वर्तमान सरकारले त्यो रकम पीडितहरुका लागि उपलब्ध नगराउदा पीडितहरु सुरक्षित बासबाट बञ्चित भएको कांग्रेसको आरोप छ ।
sansad-650x375 (1)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...