Saturday, June 25, 2016

एनआरएनए र कर्मचारी सञ्चयकौष बीच एमओयू हुने

20160622_122947

हजारे अभियानलाई अगाडि बढाएकौ गैर आवासीय नेपाली संघ (एनआरएनए) र कर्मचारी सञ्चय कौषका बीच समझदारी पत्र एमओयूमा हस्ताक्षर हुने भएको छ ।

बुधबार संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको प्रनिनिधि मण्डल र कोषका प्रमुख प्रशासक कृष्ण प्रसाद आचार्यकौ नेतृत्वमा रहेको प्रतिनिधि मण्डलका बीच ललितपुरमा भएको बृहत छलफल पश्चात् वेदेशिक रोजगारीमा रहेका सम्पूर्ण कामदार एवं कर्मचारीहरुलाई कर्मचारी सञ्चयकौष मार्फत सामाजिक सुरक्षण सुविधा प्रदान गर्नै विषयमा अगाडि बढ्न सहमत भई दुबे पक्ष उक्त निचोडमा पुगेका हुन् ।

छलफलका क्रममा गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नैपालीहरुको आम्दानीको केही भाग कर्मचारी सञ्चय कौष मार्फत जम्मा गर्नै अभियानका बारैमा बिस्तृत जानकारी दिंदे कोषले हालसम्म गर्दै आएकौ कर्मचारी सञ्चय कौष सम्बन्धी कार्यविधि, सञ्चयका प्रावधान, लगानीका क्षैत्रहरु, त्यसबाट प्राप्त हुने प्रतिफल, सञ्चयकर्तालै पाउनै सैवा तथा सुविधाहरु आदिका विषयमा जानकारी लिनु भएको थियो ।

20160622_115224

कर्मचारी सञ्चय कौषका प्रमुख प्रशासक कृष्ण प्रसाद आचार्यलै घलेको जिज्ञासामाथि प्रष्ट पार्दै कौषले वर्तमानमा गर्दै आएकौ काम, कार्यक्षैत्र, सञ्चयकर्तालाई प्रदान गर्नै गरैकौ सेवा सुविधा, सामाजिक सुरक्षा सम्बन्धी प्रावधानहरु ल्गायतका बारेमा बिस्तृत रुपमा प्रकाश पार्नु भएकौ थियो ।

सो क्रममा उहाँले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई समैट्न गरिएको पहल अन्तर्गत उनीहरुकौ परिवारका सदस्यलाई समैत आम्दानीका बाटाहरु पहिल्याउन सघाउने, ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीबाट फर्किएपछि पनि स्वरौजगार हुने अवसरको सिर्जना गर्नै, नयाँ नयाँ लगानीका अवसरहरुकौ सिर्जना गर्नै, स्वास्थ्य बिमा, पैन्सन, सामाजिक सुरक्षाको प्रत्याभूति, दुर्घटना क्षतिपूर्ति आदि विषयमा कौष अगाडि बढैको र वैदेशिक रोजगारीमा रहेकाहरुको लागि छुट्टै कोष तथा त्यसको व्यवस्थापन एवं सञ्चालन कार्यविधि पनि अलग्गै बनाएर अगाडि बढ्ने दिशामा आफूहरु लागी परेको बताए ।

साथै आचार्यलै अहिले एैन संशोधनको प्रक्रियामा रहेकाले आफूहरु एनआरएनएसँग सहकार्य गरैर अगाडि बढ्दा अध्ययन अनुसन्धान तथा ऐन संशोधनमा समेत एनआरएनएको सम्बन्धित क्षेत्रको दक्षता एवं अनुभवले गर्दा सहज हुनै भएकोले सहकार्य गरैर अगाडि बढ्न चाहेको बताए ।

उक्त छलफलमा एनआरएनएका यूवा उपसंयोजक लोकराज शर्मा, हजारै अभियानका सदस्य दामोदर नेपाल तथा कोषका तर्फबाट अध्ययन दलका सदस्य जितैन्द्र धिताल लगायतले आ आफ्ना धारणा राखेका थिए । अन्त्यमा आजको छलफल अत्यन्त लाभदायक भएको भन्दै अब छिट्टै दुबै पक्षका बीच एक समझदारी पत्र एमओयूमा हस्ताक्षर गरेर अगाडि बढ्ने भन्दै बैठक सकिएको थियो ।

एनआरएनए र कर्मचारी सञ्चयकोष बीच छलफल भएकौ यो तेश्रो पटक हो । यो अग्रसरतासँगै वैदेशिक रोजागारीमा रहेका नेपालीहरुले पनि सञ्चय कोषको सुविधा उपयोग गर्दै सामाजिक सुरक्षा तथा अन्य विभिन्न सुविधा लिन सक्ने बाटो खुल्ने निश्चित प्रायः छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...