Thursday, June 23, 2016

अन्ततः बेलायत ईयुबाट बाहिरिने निश्चित

eu_bratin-650x361काठमाडौं, १० असार । बेलायत युरोपियन युनियन (ईयू) बाट बाहिरिने निश्चित भएको छ ।

हिजो भएको जनमतसंग्रहको मतपरिणाम अनुसार ईयुबाट बाहिरिने पक्षमा ५१ प्रतिशत जनता उभिएका छन् । मतपरिणाम आउने क्रम जारी छ ।

मतपरिणाम अनुसार अहिलेसम्म ईयुको सदस्यमै ‘रहने’ पक्षमा ४८.७ प्रतिशत जनता उभिएका छन् । अहिलेसम्मको परिणाम अनुसार १ करोड ४३ लाख ५६ हजार ५ सय ३३ जना ईयुबाट बाहिरिने पक्षमा उभिएका छन् भने १ करोड ३४ लाख ९ हजार ६ सय ११ जना ईयुमै रहने पक्षमा उभिएका छन् ।

४ करोड ६० लाख भन्दाबढी जनताले भाग लिएको यो जनमतसंग्रहमा अहिलेसम्म ३८२ मा १७० क्षेत्रको मतपरिणाम आइसकेको छ ।

बेलायतको प्रमुख मिडिया बीबीसीले ईयुबाट अलग हुनुपर्ने पक्षमा ५२ प्रतिशत र ईयुमै रहनुपर्छ भन्नेमा ४८ प्रतिशत अन्तिम नतिजा आउने अनुमान गरेको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...