Sunday, June 26, 2016

टेक्सासमा घरबाहर बिहिनलाई नेपालीले यसरि खाना खुवाए

david 2

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको फोर्थवर्थ डलसमा गत शनिबार जुन २५ तारिख युनिटी पार्कमा घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई भोजन गराएको छ ।

झन्डै ५ सय जनालाई स्वास्थ्य ,स्वादिस्ट भात ,तरकारी ,मासु ,गेडागुडी तथा अन्य पौष्टिक आहार आदि खुवाएको छ l एचडीएनपी इन्टरनेसनल उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

david 7

हरेक ३ महिनामा यस्ता अशक्त ,घरबार बिहिन तथा मागेर जिविको पार्जन गर्नेलाई खुवाउने अन्तर्गत गत शनिबार सामुहिक भोजन गराईएको संस्थाका अध्यक्ष देवी डेविड आचार्यले बताए l आचार्यले हरेक ३ महिनामा खाना खुवाउन पर्ने भएकोले यस्को लागि अर्थ पनि संकलन गर्नु पर्ने हुन्छ भने l यस्को लागि प्रायोजक जुटाउनु पर्ने भएकोले संघ तथा संस्था ,व्यक्ति या समुदायसंग हामी अपेक्षा गर्दछौ आचार्यले भने l

david

यसै गरि संस्थाले नेपालको पशुपतिनाथमा घरवार बिहिन ,भिखारी र आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ l त्यति मात्र नभई उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराउदै आएको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

david 1 david 5 david 6

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...