Tuesday, June 7, 2016

विराटनगरमा टेलिफोन लाइन अवरुद्ध

विराटनगर, २५ जेठ । एक्स्काभेटरको लापर्बाहीका कारण विराटनगरको मुख्य बजार क्षेत्रका सयौँ टेलिफोन लाइन गएरातिदेखि अवरुद्ध भएका छन् ।

सडक विस्तारका लागि एक्स्काभेटरले शनी मन्दिरनजिक माटो खन्दा टेलिकमको भूमिगत केबुलको तार काटिएपछि सतही टेलिफोन अवरुद्ध भएको हो ।

यस सम्बन्धमा टेलिकमका मर्मत शाखा प्रमुख शम्भुप्रसाद चौधरीले सम्बन्धित पक्षलाई भूमिगत केबुल रहेको सम्बन्धमा जानकारी गराएपनि गएराति एक्स्काभेटरले माटो खन्ने क्रममा केबुलको तारमा क्षति भएको जानकारी गराउनुभयो ।

पूर्ववत् अवस्थामा टेलिफोन सेवालाई सञ्चालन गर्न कम्तीमा तीनदिन लाग्ने उहाँले बताउनुभयो ।

सो कारणले राससलगायत कतिपय टेलिफोन उपभोक्ताको सेवामा बाधा पुगेको भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...