Thursday, June 23, 2016

विषाक्त च्याउ खाँदा एकै परिवारका चार बिरामी

दमक, १० असार । विषाक्त च्याउ पकाएर खाँदा झापाको लखनपुरमा एकै परिवारका चारजना बिरामी परेका छन् ।
1465005333chauबिहीबार साँझको खानासँग विषाक्त च्याउ पकाएर खाँदा लखनपुर–४ की ५४ वर्षीया धनमाया मग्रान्ती, उनका छोरा २४ वर्षीय सुमन, बुहारी २२ वर्षीया कल्पना र नातिनी ६ वर्षीया सबिना मग्रान्ती बिरामी परेका हुन् ।

आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बिरामी चारैजनाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...