Thursday, June 23, 2016

मानव अधिकार उल्लङ्घनका अट्ठाइस घटना

बैतडी, १० असार । बैतडीमा ६ महिनाको अवधिमा २८ मानव अधिकार उल्लङ्घनका घटना भएका छन् । सन् २०१६ जनवरी महिनादेखि हालसम्म जिल्लामा २८ मानव अधिकार उल्लङ्घनसम्बन्धी घटना भएका हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि नरी बडूले उक्त अवधिमा जिल्लामा महिला तथा घरेलु हिंसासम्बन्धी १४, जबर्जस्तीकरणी पाँच, जबर्जस्तीकरणी उद्योगका एक, हत्याका ६, दुव्र्यवहारका एक र बहुविवाहका एक गरी जम्मा २८ मानव अधिकार उल्लङ्घनसम्बन्धी घटना घटेको बताउनुभयो ।

उक्त घटनालाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ मा समावेश गरिने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...