Friday, June 24, 2016

युवा नेता विश्व प्रकाश शर्मा तथा वरिष्ट प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल लस एन्जेलस आउने

nepal forum

नेपाली कांग्रेसका प्रखर तथा युवा नेता विश्व प्रकाश शर्मा तथा नेपाल प्रहरी का चर्चित वरिष्ट प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल अमेरिकाको लस एन्जेलसमा आउने भएका छन् l आगामी जुलाई २- ४ सम्म हुन् गइ रहेको प्रथम नेपलीज अमेरिकन कन्भेन्सनमा सहभागी हुन् आउने पक्का भएको उक्त सम्मेलनका सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदीले दिएका छन् l

नेपलीज अमेरिकन सम्मेलनको कार्यक्रमको लागि ओबामा कि सल्लाहकार समितिकी सदस्य संजिता प्रधान तथा विश्व बैंकको अन्तर राष्ट्रिय व्यापार ईकाईमा काम गरि सकेका वरिष्ट अर्थ शास्त्री स्वर्णिम वाग्ले पनि सहभागी हुने भएका छन् l

सम्मेलनमा संगोष्ठी (फोरम )कार्यक्रम संचालन हुने भएकोले बिबिध क्षेत्रका व्यक्तिहरु मध्ये ४ जनालाई छनौट गरिएको आयोजकले बताएका छन् l प्रथम पटक आयोजन हुने र बिशेष त युवाहरुको नेतृत्वमा संचालित हुने ३ दिन सम्म चल्ने सम्मेलनको लागि बिशिस्ट व्यक्तिहरु सहभागिता हुने छन् l

नेपलीज अमेरिकन सम्मेलनमा खेलकुद ,मनोरंजन ,बिबिध मंच ,गोष्ठी ,व्यापार प्रदर्शन ,बालबालिका प्रतिभा प्रतियोगिता ,सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...