काठमाडौं÷ चर्चित गायक लोक गायक तुलसी पराजुलीको देउरालीको चौतारी गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतको भिडियोमा हास्यकलाकार निरु खड्का, पत्रकार तथा मोडल राजेन्द्र लुईटेल, पत्रकार तथा मोडल कुशल खत्री र मोडल तथा रेस्लर अस्मिता सिलवालले शसक्त अभिनय गरेका छन् । भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् भने माधव बेल्वासेको सम्पादन रहेको छ । निरु खड्काको निर्देशनमा तयार भएको यो भिडियोलाई रेस्पोन्सिभ मिडिया प्रा.लि.ले निर्माण गरेको हो । लोकप्रिय कलाकार निरु खड्का बाहेक अन्य कलाकारहरु पनि नेपाली कलाकारितामा आश गरेका अनुहार हुन । राजेन्द्र लुईटेल सञ्चारकर्म र समाजसेवा सगैं कलाकारीतामा सक्रिय छन् । उनले एक दर्जन गीत, विज्ञापन र टेलिचलचित्रमा अभिनय गरिसकेका छन् ।
यता कुशल खत्री पनि रंगपत्रकारिता, समाजसेवा, संगीतको व्यवसाय र मोडलिङलमा क्रियाशिल छन् । अस्मिता सिलवाल महिला रेस्लरको साथै मोडल पनि हुन । यस गीतमा तुलसी पराजुलीको शब्द र संगीतमा तयार भएको हो । यो गीत राम्रो भएको कारण भिडियो निर्माण गरेको रेस्पोन्सिभ मिडियाका प्रबन्ध निर्देशक मनोज थापाले जनाए । यस भित्रका सबै कलाकार, प्रावधिकहरुले मेहनत गरेको कारण पनि भिडियो राम्रो बनेको उनले बताए ।
No comments:
Post a Comment