Wednesday, June 29, 2016

सियाटलमा एन इभिनिङ अफ नेप्लिज म्यूजिक सम्पन्न

13567458_10153551143796227_5780474419071343120_n

संयुक्त राज्य अमेरिका वाशिङटन राज्यको सियाटल शहरमा गत जुन २६ आइतवारका दिन नेपाली परम्परागत र लोक संगीतको कार्यक्रम ‘एन इभिनिङ अफ नेप्लिज म्यूजिक’ (नेपाली संगीतको एक साँझ) सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालका शेर्पा, तामाङ, मगर, गुरुङ, किरात, नेवार लगायत जनजातिको विभिन्न परम्परागत र लोक संगीत तथा गीतहरु प्रश्तुति गरिएको थियो ।

13529127_10153551142951227_8690452141643545512_n

कार्यक्रममा सुभाषराम प्रजापति, मारिए ताकाहासी, सीता गुरुङ, रविन प्रजापति, प्रेम प्रजापति, संजीव श्रेष्ठ, दीपिका श्रेष्ठ, सुनिल जोशी, अनुशा शर्मा, मिनु कायष्ठ, लुमिन खपे, परिना शाक्य, चेतना शाक्य, ओएन कोनी लगायत बाइस जना कलाकारहरुले पच्चीस बाजाहरु वादनका साथै विभिन्न गीत तथा एक नृत्य समेत प्रस्तुति गरिएको थियो ।

सम्पूर्ण वाद्यवादन प्रत्यक्ष (लाइभ) रहेको उक्त कार्यक्रम संगीतकर्मी र संस्कृतिका अन्वेषक सुभाषराम प्रजापतिको संयोजनमा ‘संस्कृति सम्वद्र्धनमा युवा’परियोजनामा सम्पन्न भएको थियो ।

13528925_10153551142471227_3342254412530089085_n

युनिभर्सिटी अफ वाशिङटनमा संगीत विषयमा विद्यावारिधि गरिरहेका र नेपाली संगीत संस्कृति सम्वद्र्धनमा लागि रहेका प्रजापतिले सियाटलमा हालै पाँच हप्ते नेपाली वाद्यवादन प्रशिक्षण पनि दिएका थिए । उक्त प्रशिक्षणमा दश जना प्रशिक्षार्थीहरुको सहभागीता थियो । सियाटलमा नेपाली वाद्यवादनको अर्को कक्षा छिट्टै शुरु हुने प्रजापतिले जानकारी गराए ।

13529127_10153551143956227_1614593978606409208_n

13557815_10153551143381227_1681800178048404918_n

13557711_10153551143531227_1724676999388114151_n

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...