Monday, June 6, 2016

नायिका जान्वी बोहरा अभिनित म्युजिक भिडियो रिलिज (भिडियो सहित)

Janwi Bohara (3)

काठमाडौं/ चर्चित नायिका जान्वी बोहराले अभिनय गरेको कमेडि  लोकदोहोरी गीत फेसबुकमा फोटो हालिछौंको भिडियो सार्वजनिक भएको छ । बाबुराम बोहराको शब्दमा एकनारायण भण्डारीको लय सृजनामा तयार भएको यस गीतमा जेपी श्रेष्ठ र रमिला न्यौपानेको स्वर सुन्न सकिन्छ ।

Janwi Bohara (5)

जान्वीको साथमा यस गीतको भिडियोमा हास्य कलाकार कमल गाउँलेको अभिनय रहेको छ । शंकर विसीको निर्देशनमा तयार भएको यसि गीतलाई तिर्सना म्युजिकले बजारमा ल्याएको हो । नायिका जान्वी बोहरा नेपाली चलचित्रमा प्रवेश गर्नु भन्दा पहिले लामो समय रंगमञ्चमा सक्रिय रहेकी थिईन ।

Janwi Bohara (7)

हाल चलचित्र, टेलिचलचित्र बाहेक विभिन्न  म्युजिक भिडियोमा अभिनयमा सक्रिय छिन् । उनी आधुनिक, पप, लोक दोहोरी, कमेडी सबै गीतमा अभिनय गरेकी छिन् । कलाकारले कलाको हरेक विद्यामा काम गर्न सक्नु पर्ने उनको मान्यता छ । उनले अभिनय गरेको गीतहरु एक पछि अर्को दर्शकको रोजाईमा पर्ने गरेको छ । त्यस कारण पनि उनी निरन्तर म्युजिक भिडियोमा अभिनय गरिहेकी छिन् ।

Janwi Bohara (8) Janwi Bohara (11)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...