Sunday, June 26, 2016

संसद स्थगित, विपक्षी दल कांग्रेसबाट अबरोध

Samsad-650x304काठमाडौं, १२ असार । भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपियाँ माग गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अबरोध गरेपछि संसदको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

संसदको बैठक आइतबार तीन पटकसम्म चलेको थियो । तर, कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट रकम दिन सरकारले नमानेको भन्दै सदन चल्न नदिएको आरोप लगाएको छ । कांग्रेस सांसदहरू बैठक चल्नेवित्तिक उठेर विरोध गरेका थिए । कांग्रेस सांसदहरू बस्न नमानेपछि संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

कांग्रेस सांसद अर्जुनप्रसाद जोशीले सरकारले सदन खोल्ने विषयमा कुनै पनि प्रयास र जिम्मेवारी बोध नगरेको बताउनुभयो । ‘सरकारका प्रवक्ताले दुई लाख बाँड्ने कुरा खाजा बाँडे जस्तो होइन भन्ने, संसद कांग्रेसको पेवा होइन भन्ने जस्ता गैर जिम्मेवार विषय बोल्नुभएको छ’, उहाँले भन्नुभयो, ‘सरकारले भूकम्पपीडितका नाममा राजनीति गरेको छ ।’

उहाँले सरकार सदन खोल्ने विषयमा सम्वाद गर्नु त कहाँ हो कहाँ वार्ता गर्नका लागि पनि तयार नरहेको बताउनुभयो । ‘भूकम्पपीडितलाई घर बनाउन दुई लाख रुपियाँ एकमुष्ट दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘राजनीतिक पहुँचका आधारमा धेरै मानिसहरू भूकम्पीडितमा नाम दर्ता गराएका छन् ।’

यसअघि, दोस्रो पटक बसेको संसद बैठक पनि कांग्रेसले अबरोध गरेपछि सो विषयमा छलफल गर्न सत्तारुढ दलको बैठक बसेको थियो । बैठकमा कांग्रेसको अबरोध र सदन खोल्ने विषयमा छलफल भएपनि ठोस निर्णय हुन सकेको थिएन । सदनको गतिरोध हुँदा पनि सरकारी पक्षले वार्ताको प्रयास नगरेको आरोप छ ।

कांग्रेसको मागका विषयमा प्रधानमन्त्री केपी ओलीले विपक्षी दलको मागका विषयमा जवाफ दिन सदनमा आएको सभामुखले जानकारी गराउनुभएको थियो ।

तर, कांग्रेसले भूकम्पपीडितका पक्षमा सरकारले अहिलेसम्म कुनै पनि काम नगरेको भन्दै घर बनाउन एकमुष्ट दुई लाख रुपियाँ दिनै पर्ने भन्दै आफ्नो सिटमा बस्न मानेका थिएनन् । संसद बैठक तीन दिन अबरुद्ध भइसकेको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...