Friday, June 24, 2016

भारतले कब्जा गरेको नेपाली भुमिको नक्सा चीन पुग्यो, चिनियाँ राष्ट्रपतिले के भने ?

greater-nepal-640x480

काठमाडौं, १० असार । दक्षिण छिमेकी भारतले नेपालमा लगातार सीमा मिचेको र नेपाली भुमि कब्जा गरेको नक्सा चीन पुगेको छ ।

भारतले अतिक्रमण गरेको जमिन फिर्ता माग्दै निरन्तर आन्दोलन गरिरहेको ग्रेटर नेपाल अभियानले बेइजिङ पुगेर भारतले नेपालको सीमा मिचेको तथा कब्जा गरेको नेपाली भुमिबारे चीनलाई नक्सा दिएरै जानकारी गराएको छ ।
ग्रेटर नेपालका प्रमुख नेता फणिन्द्र नेपालले चीनको उच्च नेतृत्व तहसम्म पुगेर चिनियाँ राष्ट्रपतिका सल्लाहकारलाई नक्सा हस्तान्तरण गरेका हुन् । उनी चीनको सेनझेन रिजनल इकोनोमिक को-अपरेसन एन्ड प्रमोसन एसोसिएसनको निमन्त्रणामा करिब दुई साता लामो भ्रमणका लागि त्यहाँ गएका थिए ।

नेपाली भुमि मिचिएको नक्सा ग्रहण गर्दै चिनियाँ राष्ट्रपति सी जिनपीङका प्रमुख सल्लाहकार प्रोफेसर ली जिक्वाङले यसबारेमा नेपाल, भारत र चीनबीच छलफल गरी टुंगो लगाउनुपर्ने बताए । चिनियाँ राष्ट्रपतिको तर्फबाट उनले भने– ‘नेपालले जस्तै चीनले पनि भारतबाट सीमा समस्या भोगिरहेको छ । भौगोलिक अखण्डताका विषयमा नेपाल र चीनले मिलेर ठोस रणनीति अख्तियार गर्नुपर्छ ।’

दुई साता लामो चीन भ्रमणपछि काठमाडौं फर्किएका मोर्चाका अध्यक्ष नेपालले सिचुआन विश्वविद्यालयका चारजना प्रोफेसरहरुसँगको संयुक्त भेटघाटका क्रममा उहाँहरुलाई पनि ग्रेटर नेपालको नक्सा उपलब्ध गराइ नेपाल, चीन, भारत सम्बन्धका विषयमा गम्भिर छलफल गरेको जानकारी दिए ।
‘नेपालको सीमा मिचिएको बारेमा मैलै उनीहरुलाई सबै जानकारी गराए । नेपाल र चीन मिलेर अघि बढ्नुपर्छ । भारतसँग यसबारेमा नेपाल सरकारबाट स्पष्ट कुरा गर्नुपर्छ त्यसमा चीनको पूर्ण सहयोग समर्थन रहन्छ भन्ने कुरा उनीहरुले गरे । यो ठूलो सफलता हो,’ अध्यक्ष दाहालले भने ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...