Sunday, June 26, 2016

संसदको बैठक आज पुनः बस्दै

bicc_Sambidhansabhaकाठमाडौं, १३ असार । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगित हुँदै आएको संसदको बैठक आज पुनः बोलाइएकोे छ ।

दिउँसो एक बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने कार्यक्रम छ । सरकारले आर्थिक वर्ष २०७३/७४ को वजेटअन्तर्गत विभिन्न मन्त्रालयका लागि छुट्टाएको रकममाथि सदनमा छलफल हुँदै आएको छ ।

तर, कांग्रेसले भूकम्पपीडितहरूलाई एकमुष्ट दुई लाख रुपियाँ दिनुपर्ने भन्दै अबरोध श्रृजना गरेपछि संसद बैठक लगातार तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । आइतबारको बैठक कांग्रेसको अवरोधले लगातार तीन पटकसम्म स्थगित भएको थियो ।

कांग्रेसको मागका विषयमा सदनमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेर पूरा गर्ने सत्तापक्षको भनाइ छ । कांग्रेसले आफ्ना मागका विषयमा सरकार पक्षबाट पहिला नै प्रतिवद्धता आउने पर्ने भन्दै सर्त राखिएका कारण सदनको गतिरोध अन्त्य हुन नसकेको हो ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...