Saturday, June 25, 2016

सियाटलमा जुन २६ मा एन इभिनिङ अफ नेप्लिज म्यूजिक’ हुने

music 1

संयुक्त राज्य अमेरिका वाशिङटन राज्यको सियाटलमा यही जुन २६ आइतवारका दिन विशुद्ध नेपाली परम्परागत र लोक संगीतको कार्यक्रम हुने भएको छ । ‘एन इभिनिङ अफ नेप्लिज म्यूजिक’ (नेपाली संगीतको एक साँझ) नाम दिइएको उक्त कार्यक्रममा नेपालका शेर्पा, तामाङ, मगर, गुरुङ, किरात, नेवार लगायत जनजातिको विभिन्न संगीत तथा गीतहरुको प्रश्तुति गर्न लागिएको हो ।

कार्यक्रममा सुभाषराम प्रजापति, मारिए ताकाहासी, सीता गुरुङ, रविन प्रजापति, प्रेम प्रजापति, सुरज डंगोल, संजीव श्रेष्ठ, दीपिका श्रेष्ठ, सुनिल जोशी, अनुशा शर्मा लगायत बीस जना कलाकारहरुको प्रस्तुति रहने र सम्पूर्ण वाद्यवादन प्रत्यक्ष (लाइभ) रहने छन् । यस कार्यक्रम ‘संस्कृति सम्वर्धनमा युवा’(युथ फोर कल्चर प्रोमोशन) प्रोजेक्टको एक अंशका रुपमा आयोजना गरिन लागेको उक्त प्रोजेक्टका संस्थापक सुभाषराम प्रजापतिले जानकारी गराए ।

यस प्रोजेक्टले हालै नेपालमा भूकम्पबाट प्रभावित ६ वटा परम्परागत बाजा खलकहरुलाई बाजा वितरण पनि गरेको थियो । युनिभर्सिटी अफ वाशिङटनमा संगीत विषयमा विद्यावारिधि गरिरहेका र नेपाली संगीत संस्कृति सम्वर्धनमा लागि परेका प्रजापतिले सियाटलमा हालै पाँच हप्ते नेपाली वाद्यवादन प्रशिक्षण पनि दिएका थिए । उक्त प्रशिक्षणमा दश जना प्रशिक्षार्थीहरुको सहभागीता थियो ।

music 2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...