Tuesday, June 28, 2016

नेपलीज अमेरिकन सम्मेलनको तयारी पुरा ,अतिथि गृहका सबै कोठा बिक्री

la 1

युवाहरु जागे भए हरेक कुरा सम्भव हुन्छ l यी कुरालाई प्रमाणित गर्दै यिनै युवाहरुको अथक प्रयासले आगामी जुलाई २- ४ सम्म हुन् गइ रहेको लस एन्जेलसमा हुने प्रथम नेपलीज अमेरिकन कन्भेन्सन (सम्मेलन)को तयारी लगभग पुरा भएको जानकारी आयोजकले दिएका छन् l

उक्त सम्मेलनका सांस्कृतिक कार्यक्रम संयोजक प्याट्रिक सुबेदी लस एञ्जेल्स बाट सम्मेलनको बन्दोबस्त पुरा भएको जानकारी दिदै बास बस्ने होटल(पाहुना घर) का सबै कोठाहरु बिक्रि भै सकेको बताए l

यसै गरि नेपाल बाट नेपाली चलचित्रकि नायिका तथा कार्यक्रम प्रस्तोता प्रियंका कार्की पनि पर्सि लस एञ्जलस आई पुग्ने भएकी छिन् l युवाहरुलाई उत्प्रेरणा गर्न नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्मा ,नेपाल प्रहरी वरिष्ट प्रहरी उपरीक्षक सर्बेन्द्र खनाल, संजिता प्रधान तथा अर्थ शास्त्री स्वर्णिम वाग्ले पनि सहभागी हुने भएका छन् l

la 4

प्रथम नेपलीज अमेरिकन सम्मेलनमा संगीत क्षेत्रका ख्याती प्राप्त स्थानीय तथा राष्ट्रिय कलाकारहरु डिक्की ,हेमन्त राना ,फिरोज स्याङ्गदेन ,राजेन्द्र कर्ण , प्रज्वल बज्राचार्य ,बिपुल छेत्री ,दिवस गुरुङ तथा निकी कार्कीले आ-आफ्ना प्रस्तुति गर्ने भएका छन l

यसको साथै नेपलीज अमेरिकन सम्मेलनमा बालबालिका प्रतिभा प्रतियोगिता ,सांस्कृतिक कार्यक्रम ,खेलकुद ,मनोरंजन ,बिबिध मंच ,गोष्ठी ,व्यापार प्रदर्शन समेत रहने छ l

la 3 la 2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...