Tuesday, June 28, 2016

Sagoon, Inc: Founded and Invested by Nepali Sagoon मा लगानी गर्न सबै नेपालीहरुमा आह्वान

thumb

पहिचान सबैका लागि बाँच्नु जत्तिकै आवश्यकता हो । सगरमाथा, बुद्ध र गोर्खालीको परिचयमा अब युग अनुरुप थप गर्नु पर्ने समय आएको छ – नेपालीहरुको लागि । दुनिया हतार बाट तार हुंदै बेतारको युगमा प्रवेश गरिसक्यो । नेपालीको लागि यहि युग सुहाँउदोे सामाजिक र अािर्थक परिचय थप गर्न सगुन (sagoon.com)को जन्म भएको हो ।

अमेरिकामा सन् २०१४ मा स्थापित सगुनको हालको कम्पनी मूल्य एक करोड पचास लाख अमेरिकी डलर पुगेको छ । US Jobs Act 2012 अनुसार सार्वजनिकरुपमा विश्वभरमा प्राइभेट फण्डिगं तथा मिनी आइपीओ मार्फत लगानी खुल्ला गर्न पाउने स्टार्ट अप कम्पनीहरुमध्ये दक्षिण एशियाबाट पहिलो कम्पनी बन्न पुगेको छ – सगुन ।

यसै सिलसिलामा सगुनले जुन २९ बुधबार, २०१६ देखि प्राइभेट प्लेसमेण्ट मार्फत लगानी खुल्ला गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौँ । यसको लागि विश्वका योग्य जो कोहिले पनि लगानी गर्न पाउने र लगानी खुल्ला गर्ना साथ जति छिटो न्यूनतम लक्ष्य पुराहुन्छ त्यति छिटो यो अवसर बन्द गरिने छ ।

हामी चाहन्छौँ, नेपालीको यो अभियानमा नेपालीहरुको स्वामित्वको हिस्सा बढी होस् । त्यसैले विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपालीहरुमा यो अवसरको खबर पुग्न सकोस अनि चाहना र क्षमता हुने सबै नेपालीहरुले लगानी गरि नेपाली परिचय विश्वमा थप गर्ने अभियानमा सहभागी हुनुहुन हार्दिक आह्वान गर्दछौँ ।

सगुनः

– नेपालीले शुरु गरेको सामाजिक सञ्जाल तर चलनचल्तीकाहरु भन्दा थप र फरक

– हालसम्म २६०,००० प्रयोग कर्ता रहेको

– स्थापनाको तीन वर्षमा कम्पनीको मूल्य २० लाख डलरबाट बढेर एक करोड पचास लाख पुगेको

– आफ्ना प्रयोगकर्तालाई नाफाको हिस्सा प्रदान गर्ने संसारको पहिलो सामाजिक सञ्जाल । हालसम्मका

कुनै पनि अन्य सामाजिक सञ्जालहरुले आफ्ना प्रयोगकर्ताहरुलाइ आर्थिक प्रतिफल प्रदान गरेका

छैनन् ।

– पाइपलाइनमा रहेका अन्य यस्ता उत्पादनहरु जसले मानिसको सोचाइ र बचाइलाई चुनौति दिन सक्ने

– स्थापनाको दोश्रो वर्ष पुरा हुनै लाग्दा चलनचल्तीका सामाजिक सञ्जालहरुसंग प्रतिष्पर्धा गर्दै उत्कृष्ठ बन्न सक्ने आधारभूमि तयार गरिसकेको छ सगुनले

– प्राइभेट प्लेसमेन्ट तथा मिनी आइपीओ मार्फत क्राउड फण्डिगं गर्ने एशिया महादेशकै पहिलो सामाजिक सञ्जाल

विश्वको आँखाबाट नेपाल चिनिने अवस्थाबाट माथि आएर विश्वको आँखा अगाडी नेपालीको नयाँ परिचयको

सगरमाथा खडा गर्न शुरु गरिएकोे अभियानमा यहाँको स्थान, साथ र सहयोगको लागि अनुरोध गर्दछौँ ।

थप जानकारीको लागिः

https://www. sagoon.com

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...