Friday, July 1, 2016

बससहित २७५ लिटर घरेलु मदिरा बरामद

उर्लाबारी (मोरङ), १७ असार । मोरङको कोसीहरैचा–४ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले आज यात्रुबाहक बससहित २७५ लिटर घरेलु मदिरा बरामद गरेको छ ।

ना५ख ४८८९ नम्बरको यात्रुबाहक बसमा राखेर लैजाँदै गरेको अवस्थामा अवैध घरेलु मदिरा (रक्सी) २७५ लिटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

घरेलु मदिराका साथै बस चालक डिल्लीराम दर्जी समेतलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएकोमा रु १४ हजार १२५ जरिवाना गराएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...