Wednesday, July 27, 2016

मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्ने

काठमाडौँ, १२ साउन । सङ्घीय समाजवादी फोरमका नेता लालबाबु रावतले मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म मधेसवादी दल नयाँ सरकारमा सहभागी नहुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले नेपाली काँग्रेस र माओवादी केन्द्रको लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्नसक्ने बताउनुभयो ।

उहाँले मधेसी मोर्चाका लागि सरकार मुख्य कुरा होइन मधेसको मुद्दा, आन्दोलन र मधेसी जनताको पीडा मुख्य कुरा रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता मणि थापाले नयाँ सरकारले मधेसी, महिला, आदिवासी, जनजातिको माग सम्बोधन गर्ने तथा शान्ति प्रक्रियाको अझै पूरा भई नसकेकाले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने बताउनुभयो ।

उहाँले भूकम्पपीडितलाई पुनःस्थापना र देशमा सरकार छ भनेर जनतालाई अपनत्व बोध गराउने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले नेपाली काँग्रेसले मधेसी जनताको माग सम्बोधन गर्न संविधान संशोधनमा अधिकतम सन्तुष्टि दिने, मधेसी नेता तथा कार्यकर्तामाथिको झुठा मुद्दा खारेजी तथा घाइतेको उपचार तथा क्षतिपूर्ति तथा समानुपातिक र समावेशीजस्ता मुद्दामा तीन चरणमा वर्गीकरण गरी मधेसी नेतासँग छलफल गरी टुङ्गो लगाउने बताउनुभयो ।

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) कुनै पनि हालतमा प्रचण्ड नेतृत्वको सरकारमा नजाने बताउनुभयो । उहाँले एमालेले भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेको र १८ महिनाभित्र स्थानीय र प्रदेशको निर्वाचन हुनुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...