Monday, July 4, 2016

कोलोराडोको लङमन्टमा नेपालीको सकृयतामा लायन्स क्लब गठन

DSC_0184 (1)

कोलोराडो अमेरीका
जुलाई ३ , २०१६
कोलोराडो स्थित लङमन्ट सिटीमा स्थानीय नेपालीहरुको सकृयतामा लङमन्ट हिमालयज लायन्स क्लब गठन गरेका छन् ।
गत मे २१ का दिन स्थानीय नेपालीहरुको भेलाले कर्मभूमि अमेरीका र जन्मभूमि नेपालको सामुदायिक विकासको सहयोगार्थ लायन्स क्लब मार्फत गोलबन्द भएर जाने निर्णय गरे अनुसार सबै प्रकृया पुरागरि शुक्रबार डिष्ट्रक गर्भनर केन मोरले हस्ताक्षर गरेपछि क्लबको औपचारिक गठन भएको हो ।

DSC_0185 (1)

यसरी गठित क्लबको अध्यक्षतामा जोशन श्रेष्ठ, प्रथम उपाध्यक्षमा प्रेमकाजी श्रेष्ठ, द्धितिय उपाध्यक्षमा पुष्पा गुरुङ, तृतिय उपाध्यक्षमा पूर्ण श्रेष्ठ रहेका छन् । त्यसैगरि अन्य पदाधिकारिहरुमा सचिव, कोषाध्यक्ष, मेम्मर सिप चेयर पर्सन, कम्यूनिकेसन अफिसर र टेक्निसियन अफिसरमा क्रमश प्रमोद श्रेष्ठ, संजय प्रधान, नारायण श्रेष्ठ, नातिबाबु भट्ट, बिक्रम श्रेष्ठ रहेका छन् । क्लवको विधान अनुसार अन्य सदस्यहरु सबै बोर्ड मेम्वर रहने छन् । संस्थामा हाल सम्म २ दर्जन भन्दा बढि सदस्यहरु आवद्ध भई सकेका छन् ।

DSC_0185

सन् १९१७ मा अमेरीका सिकागोका एक व्यापारीको सकृयतामा स्थापना भएको यस क्लबको संजाल अहिले विश्वको २१० देशमा फिजिएको छ । कुनैपनि स्थानमा न्यूनतम २० जना सदस्य बनाए र सम्बधित डिष्ट्रीकमा निवेदन दिएपछि यसको आधिकारीक प्रकृया अगाडी बढ्छ ।
क्लबको निकट भविश्यमा भब्य उद्धाटन कार्यक्रम हुने अध्यक्ष जोशन श्रेष्ठले बताएका छन् । कार्यक्रम हुने मिति, स्थान र समय पछि प्रकाशन गरिने बताईएको छ ।

DSC_0191

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...