Saturday, July 9, 2016

कृष्णहरिको आधुनिक गीत “किन माग्यौं मेरो माया” सार्वजनिक

13523836_1131224273601288_1058159383_o

चितवन २५ असार ।
संचारकर्मी कृष्णहरि खड्काको स्वरमा रहेको आधुनिक गीतको एल्वम “छल” सार्वजनिक भएको छ । लामो समय संचार क्षेत्रमा काम गरेर जापानको टोकियो शहरमा कार्यरत खड्काले “किन माग्यौ मेरो माया छोडेर जानु रैछ, बिछोडको किला मनमा खोपेर जानु रैछ” बोलको गीत रहेको सो एल्वम सार्वजनिक गरेका हुन् ।

13515451_1131224253601290_271629003_n

सानो उमेर देखि गाउने रहर थियो, संचार क्षेत्रमा लागेपछि संगीतमा बढि झुकाव भएको बताउँदै उनले यस क्षेत्रमा आफुलाई केहि गर्ने सोच रहेको बताएका छन् । रेडियो चितवनमा कार्यरत खड्का २ वर्ष अगाडि अध्ययनको सिलसिलामा जापान पुगेका छन् । चर्चित संगीतकार अर्जुन पोख्रेलको संगीत तथा चर्चित शब्द रचनाकार यादव लम्सालको रचना रहेको सो गीतको भिडियोको समेत जापानमा नै छायाँकन शुरु भएको गायक खड्काले बताए । गायक खड्का अहिले टोकियो स्थित डिजिटल आर्ट्स कलेजमा फिल्म निर्माण सम्बन्धी उच्च शिक्षा हासिल गरिरहेका छन् । जे.के फिल्मको प्रस्तुती रहेको उनको गीतको प्रोमो युट्युवमा समेत हेर्न सकिन्छ । गीतको द डिभाइन म्युजिक कम्पनी काठमाडौंले बजारमा ल्याएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...