Saturday, July 2, 2016

खानी उत्खननका लागि गृहकार्य हुँदै : मन्त्री पाण्डेय

som_pandeyकाठमाडौँ, १८ असार । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले दैलेखबाट प्राप्त पेट्रोलियम पदार्थको नमुना परीक्षण भई चीनको सहयोगमा दोस्रो चरणको कार्य अगाडि बढाउने समझदारी भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकमा भएका खनिज तथा पेट्रोलियम पदार्थ उत्पादनका लागि दैलेखबाट अन्वेषण सुरु गरिसकिएको बताउँदै नवलपरासीमा फलामलगायत धातुजन्य खानी, मुस्ताङमा युरेनियम र नुन खानी उत्खननका लागि गृहकार्य भइरहेको बताउनुभयो ।

राप्रपाका नेता पशुपतिशम्शेर राणाले सरकारले संविधानप्रति असन्तुष्ट पक्ष तथा मधेसकेन्द्रित दलको भावनालाई चाँडो सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न जिल्लामा रहेका भूकम्पपीडितलाई छानो नहुँदा अहिले ठूलो समस्या रहेको र वर्षात् अगाडि नै राहत तथा सहयोग उपलब्ध गराउन सुझाव दिनुभयो ।

नेपाली काँग्रेसका नेता रमेश लेखकले अहिलेको संविधान गणतन्त्र, सङ्घीयता र लोकतन्त्रको जगमा उभिएको विचार व्यक्त गर्दै त्यसको कार्यान्वयनका लागि आफ्नो पार्टीले सहयोग पु-याउने बताउनुभयो । उहाँले सरकारले देशमा भएका समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै अब जनताले सरकारको विकल्प खोजेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...